SHARE
पर्दाफास · शुक्रबार​ ७ कात्िक २०८३ ०३:२८ AM · 1 मिनेट पढाइ

बेनी–जोमसोम सडक मर्मतपछि पर्यटकको चहलपहल बढ्यो

म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ। अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउन आएका पर्यटकहरूको बाक्लो उपस्थिति देखिएको हो। घोडेपानी, पुनहिल, खोपारा, सिङ्गा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से र गलेश्वर लगायतका पर्यटकीय स्थलमा बिहीबारदेखि पर्यटकको आगमन सुरु भएको स्थानीय व्यवसायीहरूले बताएका छन्।