जेनजी सहिद तथा घाइतेहरूका नाममा मनपरी रकम संकलनपछि अर्थ मन्त्रालयको कडाइ
काठमाण्डु – अर्थ मन्त्रालयले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि क्षतिग्रस्त संरचना निर्माणका लागि खोलिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषकै खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ । सूचनामार्फत मन्त्रालयले स्वदेश तथा विदेशमा संकलित सहयोग रकम विभिन्न गैरसरकारी संघ संस्थामा जम्मा भइरहेको जानकारी पाएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
