सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री Association of Insurers and Reinsurers of Developing Countries (AIRDC) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । जिम्बाब्वेको हरारेस्थित Rainbow Towers Hotel मा सेप्टेम्बर २८ मा सम्पन्न AIRDC को General Membership Meeting मा क्षेत्री उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
