बागमती र लालबकैया नदीमा जल सतह बढेपछि जोखिम
रौतहट – अविरल वर्षका कारण रौतहटको बागमती र लालबकैया नदीमा जल सतह बढेपछि बाढीको जोखिम बढ्न थालेको छ । रौतहटका मुख्य नदी पूर्वी भागमा बागमती र पश्चिमी भागमा लालबकैया नदीले साधारण जलसतह पार गरेकाले नदी किनारका वासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ ।
