बजाज चेतकको ‘फेस्टिभ फाइभ’ योजना सार्वजनिक
काठमाडौं । नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दसैंदेखि छठसम्म लागू हुने गरी ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ। चाडपर्वलाई लक्षित गर्दै ल्याइएको सीमित अवधिको उक्त योजनामार्फत ग्राहकलाई प्रिमियम तथा विद्युतीय मोबिलिटीमा सहज रूपमा जोडिन प्रोत्साहित गर्ने कम्पनीको उद्देश्य रहेको छ। योजनाअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ। जसमा ० प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्सिङ, १ लाख रुपैयाँसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षसम्मको ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज रहेका छन्।
