अब इसेवाबाटै किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने
इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now, Pay Later’ (बाइ नाउ, पे लेटर – BNPL) सेवा सार्वजनिक गरेको छ । यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
