सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार २२५ रुपैयाँ सहयोग
वीरगंज – वीरगंज महानगरपालिका–१२, मुर्लीस्थित सगरमाथा एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा २५ हजार २२५ रुपैयाँ सहयोग गरेको छ। विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले विद्यालयले उक्त रकम सहयोग गरेको हो। एकेडेमीले एनप्याब्सन केन्द्रीय कमिटी (NPABSAN Central Committee) मार्फत २५ हजार २२५ रुपैयाँ बराबरको चेक राहत कोषका लागि हस्तान्तरण गरेको जनाएको छ। विद्यालयका प्रिन्सिपल जियालाल गुप्ताका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारको तर्फबाट उक्त सहयोग उपलब्ध गराइएको हो।
