SHARE
कालिका खबर · मङगलबार १३ असो २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

दुई दिन धकेलियो कांग्रेस महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन दुई दिन पर धकेलिएको छ । कांग्रेसले मंगलबार सूचना प्रकाशित गरी महाधिवेशन दुई दिन सारिएको जानकारी दिएको हो । नयाँ मिति अनुसार असोज १८ गते उद्घाटन समारोह हुनेछ । यसअघि असोज १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तय गरिएको थियो ।