महाधिवेशन प्रतिनिधिमा विश्वप्रकाश शर्मालाई करिब ९० प्रतिशत मत
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन क्रममा झापा–१ मा भएको क्षेत्रीय अधिवेशनबाट उपसभापति विश्वप्रकाश शर्मा करिब ९० प्रतिशत मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । मतदानमा सहभागी ७१० क्षेत्रीय प्रतिनिधिबाट ६३८ मत प्राप्त गरेर शर्मा विजयी भएका हुन् । झापा–१ साविक मेची अञ्चलकै कांग्रेसको बलियो आधार क्षेत्रका रूपमा चिनिन्छ । अघिल्लो आम निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट साविक अञ्चलभरिमै झापा–१ मा मात्रै कांग्रेस विजयी भएको थियो ।
