SHARE
कालिका खबर · मङगलबार १३ असो २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ राजनीतिक संकेत भएको अमरेशको दाबी, रविमाथि पनि चेतावनी दिइएको आरोप

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले पार्टी सभापति रवि लामिछानेलाई समेत सांकेतिक रूपमा ‘थ्रेट’ दिएको दाबी गरेका छन् । प्राइम टेलिभिजन एचडीको एक कार्यक्रममा बोल्दै सांसद सिंहले आफू र सभापति लामिछानेमाथि समेत सांकेतिक रूपमा चेतावनी दिने उद्देश्यले जबरालाई पक्राउ गरिएको हुनसक्ने दाबी गरेका हुन् । पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा पुर्‍याएको थियो । त्यसको भोलिपल्ट दिनभर कार्यालयमा राखेर प्रहरीले जबरालाई परिवारको जिम्मा लगाएर रिहा गरेको थियो ।