सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छ : आङदेम्बे
काठमाडौँ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्ने बताएका छन् । सरकारका कतिपय कदमले लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् नगरेको पाइएको उनले बताए । नेपाली काँग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सोमबार पाँचथरको फिदिममा आयोजित काँग्रेस प्रदेशसभा क्षेत्र नं १ र २ को अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रहरी पनि कानुनको कार्यान्वयन गर्ने निकायभन्दा आदेश पालक जस्तो भएको टिप्पणी गरे ।
