SHARE
कालिका खबर · सोमबार १२ असो २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

मन्जिल देवानको संयोजकत्वमा भिटोफ नेपाल कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले कोशी प्रदेशमा आफ्नो प्रदेश समिति गठन गरेको छ। मन्जिल देवानको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो। भिटोफ नेपालका अध्यक्ष हरिसरण थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशमा गाउँ पर्यटनको प्रवर्द्धन, स्थानीय पर्यटन व्यवसायको विकास तथा ग्रामीण क्षेत्रका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै भिटोफ नेपालका अध्यक्ष तथा प्रमुख अतिथि हरिसरण थपलियाले कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा मौलिक सम्पदाका दृष्टिले पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए।