SHARE
प्रदेश खबर · सोमबार १२ असो २०८३ ०३:०७ PM · 1 मिनेट पढाइ

झापाको बुद्धशान्तिमा टिपर र मोटरसाइकल दुर्घटना, घाइते विक्रमको मृत्यु

झापा : झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित खतिवडा चोकमा टिपरमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति–३, किनारा बस्तीका २५ वर्षीय विक्रम ल्वागुन रहेका छन्।