महालक्ष्मी विकास बैंक र रोटरीबीच शिक्षा तथा साक्षरतामा सहकार्य
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा आधारभूत शिक्षा तथा साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले रोटरी क्लबमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकाससम्बन्धी परियोजनाका लागि वित्तीय सहयोग उपलब्ध गराउनेछ। बैंकका अनुसार सहकार्यअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी परियोजना सञ्चालन, कम्प्युटर ल्याब स्थापना लगायतका आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित परियोजनामा सहयोग गरिनेछ।
