SHARE
कालिका खबर · सोमबार १२ असो २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

दमकमा कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र जीवन उपयोगी सीपसम्बन्धी प्रशिक्षण

काठमाडौँ। कामना सेवा विकास बैंकले झापाको दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका विद्यार्थीलाई वित्तीय साक्षरता, जीवन उपयोगी सीप, लक्ष्य निर्धारण तथा भविष्यको मार्गदर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयको सर्वोदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ कार्यक्रममार्फत कक्षा ९ र १० का करिब १५० विद्यार्थीलाई उक्त विषयमा जानकारी तथा मार्गदर्शन प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि तथा कामना सेवा विकास बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीलाई जीवन उपयोगी सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन तथा चुनौतीको सामना गर्ने तरिकाबारे प्रस्तुतीकरण गरेका थिए।