SHARE
बिजनेस पाना · शनिबार १८ असो २०८२ ०६:५६ AM · 1 मिनेट पढाइ

यी जिल्लामा बाढीको उच्च जोखिम

शुक्रबार रातीदेखि देशका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ । बंगालको खाडीमा विकसित प्रणालीले नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा गराइरहेका कारण असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित ४० जिल्लामा बाढीको उच्च जोखिम छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना