सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई “अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख” जारी गरेको छ । उक्त बीमालेखको अवधि २०८३ असोज ७ गतेदेखि २०८३ मंसिर ७ गतेसम्मको लागि लागू हुनेछ ।
