SHARE
कालिका खबर · मङगलबार १४ असो २०८२ ०७:४४ AM · 1 मिनेट पढाइ

ओलीको राहदानी रोक्ने निर्णयप्रति राष्ट्रिय युवा संघको गम्भीर आपत्ति

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय गरेकोमा तीव्र विरोध तथा गम्भीर आपत्ति प्रकट गरेको छ । संघले सोमबार एक वक्तव्य जारी गर्दै सरकारले राजनीतिक प्रतिशोधका आधारमा गरिएको यो निर्णय असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएको छ । वक्तव्यमा भनिएको छ, “पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिको राहदानी रोक्नु सरकारले प्रतिशोधको राजनीति गर्न खोजेको स्पष्ट संकेत हो, जुन लोकतन्त्रका मूल्य–मान्यताविपरीत छ।” संघले यस्तो कदमले राजनीतिक द्वन्द्वलाई झनै तीव्र बनाउने र मुलुकको स्थायित्वमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ ।