SHARE
कालिका खबर · मङगलबार १४ असो २०८२ ०७:५३ AM · 1 मिनेट पढाइ

दशैं बिदामा पनि वैदेशिक रोजगार विभागले जारी गर्नेछ श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको छ । विभागका महानिर्देशक कमल भट्टराईका अनुसार उत्सवका दिनमा पनि श्रमिकहरूको सहजताका लागि विशेष व्यवस्था गरिएको हो । उनका अनुसार दशैं बिदामा श्रम स्वीकृति प्रदान गर्नका लागि डेडिकेटेड कर्मचारीहरूको व्यवस्था गरिएको छ । एक जना उपसचिवसहित सात जना कर्मचारीलाई बिदाका दिनमा पनि काम गर्ने गरी तोकिएको जानकारी उनले दिए । भट्टराईले भने, “विदेश जाने तयारीमा रहेका श्रमिकहरूलाई बिदाका कारण कुनै असुविधा नहोस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो ।