SHARE
कालिका खबर · बुधबार १५ असो २०८२ ०१:३० AM · 1 मिनेट पढाइ

वीरगन्ज दसैं मेला : ग्याङ फाइटमा एक जनाको मृत्यु

वीरगन्ज । वीरगन्जमा आयोजित दसैं मेलामा मंगलबार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ । पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवाद चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका (पूर्ण परिचय खुल्न बाँकी) युवकको मृत्यु भएको हो । प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार मेलाको सुरुवाती दिनमै गीता मन्दिर नजिक दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उक्त विवाद राति हिंसात्मक रुप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो ।