नवलपरासीको सुस्ता गाउँ खाली गराइयो
रूपन्देही । भोटेकाशीमा आएको बाढीको जोखिमका कारण नवलपरासीको सुस्ता गाउँ खाली गरिएको छ । सुस्ता गाउँमा समेत बाढीको प्रभाव पर्ने देखिएपछि सुरक्षाकर्मी लगाएर खाली गराइएको हो । स्थानीयलाई नदीवारी रामनगरस्थित विद्यालय शिव गंगाकुञ्ज प्राविमा सारिएको छ । त्यहाँका सुरक्षाकर्मीलाई पनि सुरक्षित स्थानमा सारिँदैछ ।
