संकटका बेला सरकारलाई साथ दिनुपर्छ : गगन थापा
काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् र संकटका बेला सबै राजनीतिक दल एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सम्बोधन गर्ने क्रममा उनले विपद्को समयमा सरकारलाई सहयोग गर्नु कांग्रेसको परम्परा र स्वभाव नै रहेको बताए । ‘संकटको बेलामा नेपाली कांग्रेसको परम्परा रहँदै आएको छ । हाम्रो स्वभाव पनि यही हो । यो बेलामा राष्ट्रिय राजनीतिको जुनसुकै भूमिकामा भएको भएता पनि हामी सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ,’ सभापति थापाले भने ।
