SHARE
कालिका खबर · बुधबार १० भौ २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : हालसम्म सात जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हालसम्म सातजनाको मृत्यु भएको छ । हालसम्म सात जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको हो । नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ। प्रहरी लगायत सुरक्षा निकाय उद्वार एवम् खोजी कार्यमा जुटिरहेको छ ।