SHARE
कालिका खबर · बुधबार १० भौ २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

ग्यिरोङ पहिरोपछि उद्धारमा जुट्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले तिब्बतको ग्यिरोङ सीमा नाकामा पहिरोपछि बेपत्ता भएकाहरूको खोज तथा उद्धारका लागि ‘सम्पूर्ण प्रयास’ लगाउन निर्देशन दिएका छन् । बुधबार बिहान ग्यिरोङ बन्दरगाह क्षेत्रमा पहिरो जाँदा मानवीय तथा भौतिक क्षति भएपछि राष्ट्रपति सीले उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका हुन् । उनले बेपत्ता व्यक्तिको खोजी, प्रभावितहरूको उद्धार तथा राहत व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् । चिनियाँ अधिकारीका अनुसार पहिरोले ग्यिरोङ बन्दरगाहतर्फ जाने सडक अवरुद्ध गरेको छ । ड्रोनबाट खिचिएका दृश्यमा बन्दरगाह क्षेत्रमा रहेका केही भवन पहिरोको मलबेमा पुरिएको देखिएको छ ।