SHARE
कालिका खबर · बुधबार १५ असो २०८२ ०३:४३ AM · 1 मिनेट पढाइ

निर्धारित भाडादरभन्दा बढी असुले यातायात व्यवसायीमाथि कडा कारबाही हुने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत तथा कानुन विपरीत निर्धारण गरिएको भन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीविरुद्ध तत्काल कडा कारबाही गरिने चेतावनी दिएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले यातायात क्षेत्रमा देखिएका अनियमितता, मनपरी मूल्यवृद्धि र यात्रु शोषणका घटनाप्रति सरकार गम्भीर रहेको बताएका हुन्। उनले यातायात भाडा तोकिएकै दरअनुसार लिनुपर्ने स्पष्ट गर्दै यात्रुबाट अवैध रूपमा अतिरिक्त रकम असुले तत्काल कानूनी कारबाही गरिने बताए। मन्त्री घिसिङका अनुसार यातायात क्षेत्रमा देखिएको अव्यवस्था नियन्त्रण गर्न विशेष अनुगमन टोली परिचालन गरिनेछ।