दशैं टीका तथा देवी विसर्जनका शुभसाइत ११:५३ बजे
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजया दशमी (दशैं) टीका तथा देवी विसर्जनका शुभसाइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार टीका लगाउने शुभसाइत बिहान ११:५३ बजे तय गरिएको छ । त्यसैगरी, देवी विसर्जनको शुभसाइत बिहान ९:२३ बजे रहेको समितिले जनाएको छ । टीका लगाउन जाने तथा माग्न जाने कार्य शुभसाइत अनुसार सम्पन्न गर्न र टीका लगाइ सकेपछि पूर्व फर्कनुपर्ने पनि समितिले जानकारी दिएको छ ।
