SHARE
लोक पथ · आइबार​ ११ असो २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

फेवातालमा उच्च क्षमताको ‘जेट स्की’ उद्धार बोट सञ्चालनमा

काठमाडौं । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपतकालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको ‘जेटस्की’ उद्धार बोट (डुङ्गा) सञ्चालनमा ल्याइएको छ । फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपतकालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले आजदेखि सञ्चालनमा ल्याइएको उक्त बोट प्रतिघण्टा १०५ किमी गतिमा सञ्चालन हुन्छ ।