पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने
काठमाडौं । पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।
