SHARE
लोक पथ · शुक्रबार​ ७ कात्िक २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

म्याराडोनाको मृत्यु मुद्दाको फैसला २२ डिसेम्बरमा

अर्जेन्टिना । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ । छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुंगिएको हो । अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरिन् ।