यूएन महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह महासभालाई सम्बोधन सकेर शनिबार, असोज १० गते स्वदेश फर्किने कार्यक्रम तय भएको हो । प्रधानमन्त्रीको आगमनसँग सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रेस ब्रिफिङ गर्ने भएका छन् ।
