SHARE
काठमाण्डुपाटी · बिहीबार १६ असो २०८२ ०१:५५ PM · 1 मिनेट पढाइ

दशैंको दिन प्रधानमन्त्री कार्कीद्वारा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट

काठमाण्डु – विजयादशमीको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेकी छन् । बिहीबार दिउँसो प्रधानमन्त्री कार्कीले बागलुङ घर भएका सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग काठमाण्डुको वनस्थलीमा भेटघाट गरेकी छन् । त्यसपछि उनले नागार्जुन–३ पुगेर सहिद कान्छी नगरकोटीका परिवारसँग र कीर्तिपुरस्थित मैत्रीनगरमा सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरेकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी