SHARE
लोक पथ · बिहीबार ८ असो २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

आधा किलो बढी सुनसहित विमानस्थल क्षेत्रबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले आधा किलो बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको हो । कतारको दोहा हुँदै काठमाडौं आएका उनी ४२ वर्षीय मोहम्मद चेरा थोडी हुन् । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।