SHARE
लोक पथ · बुधबार ७ असो २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

पत्रकार रामचन्द्र अर्यालसहित चार जनालाई हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार

काठमाडौं । यो वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारले पाएका छन् । नेपाल टेलिभिजनमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गरे ।