नागरिक लगानी कोषलाई राष्ट्रिय पुँजी निर्माणको आधार बनाउन सांसदहरूको जोड
काठमाडौं । सांसदहरूले नागरिकको बचतलाई सुरक्षित गर्दै ऊर्जा, पर्यटन, पूर्वाधार र प्रविधिलगायतका उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले यस्तो बताएका हुन् ।
