असोज १६ भित्रै दर्ता विधेयक समितिमा पठाउने तयारी
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ । बैठकमा प्रतिनिधिसभामा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकहरूको सङ्ख्या ठूलो रहेको सन्दर्भमा असोज १६ गतेभित्र ती विधेयकहरूलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने गरी कार्यसम्पादन अघि बढाउने विषयमा परामर्श भएको छ ।
