SHARE
मकालु खबर · बुधबार ७ असो २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेको जानकारी संसदलाई गराइएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्दै आएको दैनिक प्रशासनिक कार्यहरू अब अर्थमन्त्री डा. स्वर्णम वाग्लेले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोकेको प्रतिनिधि सभाको बुधवारको बैठकमा जानकारी गराइएको हो ।