सुरक्षाकर्मीलाई हाइड्रोको आईपीओमा आरक्षण दिँदै सरकार
सरकारले बहालवाला सुरक्षाकर्मीलाई हाइड्रोको आईपीओमा अरक्षण दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् ।
