विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
काठमाडौँ। सरकारले नेपाल विज्ञापन बोर्डको कार्यकारी अध्यक्ष पदमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि उक्त जिम्मेवारी दिइएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
