बाढीपीडितको राहतका लागि टोयोटाले दियो ३ करोड
काठमाडौँ। टोयोटा समूहले नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले टोयोटा मोटर एसिया र टोयोटा त्सुशो एसिया प्यासिफिकको सहयोगमा उक्त रकम कोषमा हस्तान्तरण गरेको हो।
