SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ । सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिव १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्न यातायात बन्द गरिएको गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलले बताए ।