आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण
आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण भएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त भएको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण गरिएको फाइनान्सले जनाएको छ । स्थानान्तरण गरिएको शाखा असोज ५ गते सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।
