बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग
काठमाण्डु – भोटेकोशी बाढी प्रभावित रसुवा तथा नुवाकोट जिल्लामा खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरण कार्यमा अग्रपंक्तिमा खटिएका उद्धारकर्ता एवं स्वयं बाढी प्रभावित भएकाहरूलाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गरेको छ ।
