SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

सरकार अल्मलिएको छ, नागरिकका समस्या ओझेलमा परे : सांसद केसी

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुनरसिंह केसीले सरकार निरङ्कुशउन्मुख भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा देश सञ्चालन भइरहेको आरोप पनि लगाए । उनले १० भदौको रसुवाको भोटेकोशी बाढीपीडित बिचल्लीमा परेको उल्लेख गरे ।