SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

एउटै घरभित्र तीन दशकको इतिहास

धनकुटा । धनकुटा नगरपालिका–६ सिरान बजारमा रहेको एउटा घर बाहिरबाट हेर्दा सामान्य घरजस्तै देखिन्छ तर घरभित्र पस्नेबित्तिकै त्यहाँको वातावरण फरक महसुस हुन्छ । कोठाका दराज, भित्ताका कुनाकाप्चा र र्‍याकमा सजाएर राखिएका पुराना सामग्रीले आगन्तुकलाई दशकौँ पुरानो समयतिर पुर्‍याउँछ । घरभित्र कुनै समय नेपाली समाजको दैनिकीमा प्रयोग भएका रेडियो, ग्रामोफोन र टेलिफोन रहेका छन् ।