सागर डिस्टिलरीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
सागर डिस्टिलरी लिमिटेडले मुक्तिनाथ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार मुक्तिनाथ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ। यस संगै अब कम्पनीको शेयरको अभिलेख राख्ने, शेयर डिम्याट गर्ने, शेयरको नामसारी गर्ने, शेयरधनीको लगत अध्यावधिक गर्ने लगायतका कार्य मुक्तिनाथ क्यापिटलले गर्ने छ।
