दसैँ मनाउन आजसम्म ५ लाख ५३ हजार जनाले काठमाडौँ छाडे
दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्मका आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म पाँच लाख ५३ हजार २६१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
