पूर्वी सिरियामा सैन्यस्थलमा विस्फोट हुँदा ११ सैनिकको मृत्यु
एजेन्सी । सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा रहेको एक सैन्यस्थलमा विस्फोट हुँदा ११ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सिरियाको रक्षा मन्त्रालयले शुक्रवार भएको विस्फोटमा मृत्यु भएका आफ्ना ११ जना सैनिकको शनिवार अन्त्येष्टि गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
