४६ औं विश्व पर्यटन दिवस : नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश
काठमाडौं । ४६ औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई प्रवाह गरिएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र नेपाल पर्यटन बोर्डको समन्वयमा शनिबार बोर्डको सभा हलमा भएको कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालको पर्यटन पछिल्लो जेनजी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको बताएका हुन् । यसका साथै पर्यटनलाई दिगो विकासको आधारस्तम्भ बनाउनुपर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । ‘पर्यटन र दीगो रुपान्तरण’ भन्ने नारासहित मनाइएको ४६औं विश्व पर्यटन दिवसमा प्रधानमन्त्री सुशीला कार्कीले पठाएको शुभकामना सन्देश वाचन गरिएको छ ।
