सरकारमा जेनजी वा जेनजी आन्दोलनका शहिद परिवारको प्रतिनिधित्व होस : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक र नेकपा (एमाले) दुबै डुबाएको टिप्पणी गरेका छन् । सार्वजनिक रुपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिनुको साटो ओलीमा त्यो हठ, घमण्ड र अहंकार अझै कायमै रहेको उनले बताए । सर्लाहीको लालबन्दीमा आज (शनिबार) आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दशैं, दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुण्डुमा गुण्डाहरु भेला गर्नुको साटो ओलीले सार्वजनिक रुपमै माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव दिए ।
