काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ । यसका लागि उपत्यकाका ९ वटा स्थानीय तह एक आपसमा सहकार्य गर्न तयार भएका छन् । यसअघि काठमाडौं महानगरपालिकाले साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा परीक्षणका रूपमा सुरु गरेको थियो ।
